Sajhamanch Archive

प्रदेश १ मा १५ कोरोना संक्रमित थपिए, ८० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा र झापामा ४-४, सुनसरीमा ३, इलाममा २, धनकुटा र तेह्रथुममा १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा दुई, बेलबारी र रतुवामाईमा १-१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र तेह्रथुमको फेदाप १-१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ७८, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १-१ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३२७ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *