Sajhamanch Archive

३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

देशका चर्चित ३० कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ ।

गीतमा संस्कृदबिद्ध सत्यमोहन जोशी, नीर शाहदेखि आकाश श्रेष्ठसम्मका कलाकारको अभिनय रहेको छ ।

सच्चा नेपालीको गुण बनाउने गीतमा देविका बन्दना र राजन इशानको स्वर रहेको छ । आनन्द अधिकारीको शब्द र राजनकै संगीत रहेको गीतमा गीतको भिडियो भने अभिनेत्री तथा फिल्म निर्माता रोशनी केसीले निर्देशन गरेकी हुन् ।

फिल्म ‘यात्रा’का निर्माता चिजकुमार श्रेष्ठको निर्माण रहेको गीतको भिडियोमा संस्कृतविद्ध सत्यमोहन जोशी, कलाकार नीर शाह, गौरी मल्ल, करिश्मामानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दीलिप रायमाझी, गायिका देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल लगायत ३० बढी चर्चित अनुहारको अभिनय समेटिएको छ ।

रामशरण उप्रेतीको छायाँकन रहेको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *