कोरोना सङ्क्रमण भएका कर्मचारीलाई छुट्टै बिदाको व्यवस्था
Published:
by .काठमाडौं । सरकारले कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशन वा अस्पताल बसाइ अवधिभर छुट्टै बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्ले कोरोना सङ्क्रमण भएर आइसोलेशन वा अस्पताल बसाइ अवधिको बिदा अरु बिदाबाट नकाटिने गरी छुट्टै बिदाको व्यवस्था गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका सबै निकाय तथा कार्यालयहरुलाई परिपत्र गरी कोरोना सङ्क्रमितको हकमा सार्वजनिक बिदा कायम गर्न परिपत्र गरेको छ ।
परिपत्रमा कोरोना सङ्क्रमण भएका कर्मचारीहरुलाई आइसोलेशनमा बस्दा बढीमा १४ दिन र अस्पतालमा भर्ना भएको भएमा अस्पतालमा बसेको अवधिभर सार्वजनिक बिदा कायम गर्न भनिएको छ ।
यो व्यवस्था निजी संघसंस्थामा पनि लागू हुने मन्त्रालयले जनाएको छ । यस्तै कार्यालयमा कसैलाई कोरोना सङ्क्रमण भएमा संक्रमण भएका र सरकारी मापदण्ड अनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका बाहेक अरुले सेवालाई निरन्तरता दिन मन्त्रालयले निर्देशन दिएको छ ।
उज्यालोबाट
Comments