Sajhamanch Archive

आगलागीमा परेर दमकमा एक भुटानी शरणार्थीको मृत्यु

Published: (Updated: ) in विविधा, समाज by .

दमक । आगलागीमा परेर झापाको दमक ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका एक अशक्त पुरुषको मृत्युभएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार गएराती ८ वजेतिर अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४,छाप्रा नं ३२५ बस्ने बर्ष ६० का देशमान राई रहेका छन् । मृतक पक्षघातका विरामी थिए ।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दैआएका राईको घट्नास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले वताए । उक्त आगलागीबाट छाप्रा नष्ट हुदाँ छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद रु तिन लाखसहित खाद्यान्य तथा लत्ताकपडा समेत पूर्णरुपमा जलि नष्ट हुदाँ करिव रु आठ लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।

आगलागी करिव एक घण्टा लगाएर स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *