Sajhamanch Archive

मनकामनामा इसिएफले गर्यो वृक्षारोपण

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड । वातावरण संरक्षण मञ्च (इसिएफ) नेपालले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा वृक्षारोपण तथा वातावरण सम्बन्धी विद्यालय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विर्तामोड न.पा. १ स्थित मनकामना सेकेण्डरी स्कूलमा इसिएफले विद्यार्थीहरुको उपस्थितिमा अशोकका विरुवाहरु वृक्षारोपण गरेको हो ।
वृक्षारोपणसँगै कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई जलवायु परिवर्तन तथा त्यसको न्यूनिकरण साथै प्लाष्टिकका प्रयोगको असरहरु र फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनबारे इसिएफ नेपालका सह–सचिव प्रदिप राजवंशी र कार्यलय सचिव सत्यम चौधरीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा मनकामना सेकेण्डरी स्कूलका प्रधानाध्यापक केशव ढुङ्गाना प्रमुख आथित्यता रहेका थियो भने संचालन विद्यालयका शिक्षक सरोज पौडेलले गरेका थिए । स्वागत मन्तव्य विद्यालयका सहायक प्रध्यानाध्यापक ध्रुव कुमार गौतमले गरेको कार्यक्रममा इसिएफ नेपालको गतिविधिहरुका बारेमा सचिव नविन कोइरालाले जानकारी गराएका थिए ।
वातावरणीय संवेदनशीलताबारे सचेतना फैलाउँदै स्वच्छ वातावरण निर्माण गर्न टेवा पुयाउने उद्घेश्यले वातावरण विज्ञानमा अध्ययनरत विद्यार्थीहरुबाट इसिएफ नेपालको स्थापना २०७० भाद्र ४ गते भद्रपुरमा भएको थियो ।
हाल संस्थाको मुख्य कार्यालय विर्तामोडमा रहेको छ भने संस्थाले जलवायु अनुकुलन कार्यक्रम, ओडिएफ सचेतना कार्यक्रम, फोहोरमैला व्यवस्थापनका लागि सर्वेक्षण, सरसफाई अभियान, वृक्षारोपण साथै वातावरणसम्बन्धी विभिन्न दिवसहरुमा रचनात्मक क्रियाकलापहरु गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *