Sajhamanch Archive

प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र बिर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१ जना रहेका छन् ।

त्यस्तै भोजपुरको भोजपुर नगरपालिका, ते¥हथुमको म्याङलुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ ।

प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३७२ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *