Sajhamanch Archive

झापा कारागारमा वैदिक अनुष्ठान

Published: in राष्ट्रिय समाचार, विविधा by .

भद्रपुर । कैदीबन्दी जीवन व्यतित गरिरहेका व्यक्तिहरूमा अपराध मुक्त सोच विकास गर्ने उद्देश्यले झापा कारागारमा हिन्दू धर्म दर्शमा आधारित वैदिक अनुष्ठान सम्पन्न गरिएको छ ।

बन्दी विकास पुस्तकालय झापा सुधार गृहको आयोजना तथा वैदिक समाज झापाको संयोजनमा झापा कारागारमा चित्त शुद्धि अनुष्ठान सम्पन्न गरिएको हो ।

आर्य समाज झापाका पुरोहित महेन्द्रप्रसाद गौतमको नेतृत्वमा सम्पन्न अनुष्ठानमा सनातनी हिन्दू परम्परा तथा आर्य सभ्यता अनुसार वैदिक यज्ञ सम्पन्न गरिएको वैदिक समाज झापाका अध्यक्ष डाक्टर द्रोणकुमार पौडेलले बताए ।

समाजका अध्यक्ष डा. पौडेल, सल्लाहकार संयोजक उद्धवप्रसाद पराजुली, राष्ट्रिय हिन्दू एकता मञ्चका अध्यक्ष इन्द्रप्रसाद ओलीले संयोजन गरेको अनुष्ठानमा बन्दी विकास पुस्तकालयका अध्यक्ष तथा बन्दीगृहका आन्तरिक प्रशासन प्रमुख मोहनप्रसाद धिताललगायत १२ जनाले यजमानको भूमिका निभाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *