Sajhamanch Archive

पिएसजीले जित्यो फ्रेन्च सुपर कपको उपाधि

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।

फाइनलमा पिएसजीले मार्सेलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाघि हात पार्‍यो । पिएसजीका लागि माउरो इकार्डी र नेयमारले गोल गरे ।

मार्सेलीका लागि डिमिट्री पायटले गोल फर्काए । खेलको ३९ औं मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको पिएसजीका लागि ८५ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै २–० गोलको अग्रता दिलाए ।

खेलको ८९ औं मिनेटमा पायटले गोल गर्दै मार्सेलीलाई २–१ को स्थितिमा ल्याए । तर बाँकी समयमा गोल गर्न नसक्दा पिएसजीसँग मार्सेली २–१ गोलअन्तरले पराजित भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *