Sajhamanch Archive

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । आज राष्ट्रिय योग दिवस । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस मनाइँदै छ ।

योगलाई जीवन विज्ञान र जीवनशैलीका रुपमा निरन्तरता दिन २०७२ सालदेखि हरेक वर्ष माघ १ गते सरकारको आह्वानमा योग दिवस मनाइने गरिएको छ ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिन्छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने डाक्टरहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *