Sajhamanch Archive

प्रधानमन्त्री ओलीद्वारा बकर इदको शुभकामना

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

बकर इदको अवसरमा नेपाली मुस्लिम समुदायका दिदी बहिनी तथा दाजुभाइहरु प्रति हार्दिक शुभकामना प्रकट गर्दै प्रधानमन्त्रीले उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

उनले बकर इदले नेपालीबीचको एकतालाई झन् प्रगाढ बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

‘संस्कृति, जातजाति, भेषभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस्ता पर्वहरुले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना गर्दछु,’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *