Sajhamanch Archive

सरकारले ल्यायाे नागरिक एप

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले सार्वजनिक सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप प्रयोगमा ल्याएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी नागरिक एप सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सरकारी सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रूपमा ल्याएको बताए । नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ ।

यसैगरी नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरू प्राप्त गर्नुका साथै नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरूको जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *