Sajhamanch Archive

विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्‍यो नयाँ हतियार

Published: in विश्व समाचार by .

एजेन्सी । उत्तर कोरियाले आफ्नो नयाँ किसिमको क्षेप्यास्त्र सार्वजनिक गरेको छ ।

उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने ब्यालेस्टिक मिसाइल सार्वजनिक गरेको हो । स्थानीय सञ्चारमाध्यमहरुले यसलाई विश्वको सबैभन्दा शक्तिशाली हतियार रहेको बताएका छन् ।

बिहीबार प्रदर्शन गरिएको सैन्य परेडमा उत्तर कोरियाको केही मिसाइलहरु प्रदर्शन गरेको हो । अमेरिकामा जो बाइडनले राष्ट्रपतिको शपथ लिन केही दिन मात्र बाँकी रहेको समयमा उत्तर कोरियाले आफ्नो सैन्य प्रदर्शन गरेको हो ।

उत्तर कोरियाले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु मान्दै आएको छ । स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको तस्वीरअनुसार उत्तर कोरियाले कम्तीमा चारओटा ठूला सेतो र कालो रङ्गका मिसाइलहरु प्रदर्शन गरेको छ । विश्लेषकहरुले पनि उत्तर कोरियाले अहिले सार्वजनिक गरेका मिसाइलहरु यसअघि सार्वजनिक नभएका मिसाइल रहेको बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *