Sajhamanch Archive

आजको मौसम यस्तो छ !

Published: (Updated: ) in समाज by .

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ । बाँकी प्रदेशमा सामान्यतया सफा रहने र प्रदेश नं १ का एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ । भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *