Sajhamanch Archive

सत्य लक्ष्मी कृषि सहकारी संस्थाको सातौं साधारण सभा सम्पन्न

Published: in समाज, सहकारी by .

भद्रपुर । भद्रपुर १० स्थित सत्य लक्ष्मी कृषि सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष नयाँनाथ पाण्डेको अध्यक्षता तथा बचत तथा ऋण सहकारी संघका झापा अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

अध्यक्ष पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ८७ जना शेयर सदस्य रहेको संस्थाले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका थिए ।

कोषाध्यक्ष बाबुराम पाण्डेले संस्थाले २ लाख ४९ हजार ५ सय ४० रुपैया वार्षिक आम्दानी गरेको विवरण प्रस्तुत गर्दै खुद नाफा २० हजार ३ सय रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष दीपबहादुर राउतले स्वागत गरेको कार्यक्रमा भद्रपुर १० वडाध्यक्ष टेकबहादुर खड्का काजी, चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, साना किशान सहकारी संस्था चन्द्रगढीकी अध्यक्ष देवीमाया अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सचिव युवराज न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा उत्कृष्ट बचत सम्मानबाट तिलकप्रसाद ढुंगेल, उत्कृष्ट ऋण कारोवार सम्मानबाट केदार कोइराला र जेष्ठ सदस्य भक्तबहादुर राईलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *