Sajhamanch Archive

चारआली जेसिजको अध्यक्षमा न्यौपाने

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । चारआली जेसिजको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

चारआली जेसिजका संस्थापक सदस्य, वर्ष २०१४ मा सञ्चार संयोजक, वर्ष २०१५ मा उपाध्यक्ष, वर्ष २०१६ मा वरिष्ठ उपाध्यक्ष, वर्ष २०१७ मा सचिव, वर्ष २०१८ मा महासचिव, वर्ष २०१९ मा जनसम्पर्क अधिकारी र वर्ष २०२० मा कानुनी सल्लाहकारको जिम्मेवारी सम्हाली सकेका न्यौपानेलाई आज सम्पन्न भएको जेसिजको आठौं वार्षिक साधारणसभाले वर्ष २०२१ का लागि अध्यक्ष पदमा चयन गरेको हो ।

यसैगरी जेसिजको कार्यकारिणी उपाध्यक्षमा सुजुप सुवेदी र कुमार तामाङ सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन आयुक्त तथा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष  उत्तमप्रसाद पकुवालले जानकारी दिए ।

त्यस्तै उपाध्यक्षमा क्रमशः होमनाथ ढकाल, भुपेन्द्र प्याकुरेल, जीवन दाहाल र शिक्षा घिमिरेलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी बाँकी पदाधिकारी नवगठित कार्य समितिले चयन गर्ने छ ।

आफनो कमाइको एक दंश समाज सेवाका निमित्त खर्च गर्नुपर्छ भन्ने उद्देश्य बोकेका न्यौपानेले आफनो कार्यकालमा फरक किसिमका कार्यहरु गरेर नेपाल भरिकै उत्कृष्ट जेसिजका रुपमा चारआली जेसिजलाई चिनाउने प्रतिवद्धता व्यक्त गरे ।

लामो समयदेखि जेसिज यात्रामा हिँडेका न्यौपाने पेशाले बैंकरका साथै हाम्रो चारआली राम्रो चारआली सरसफाइ अभियानका संयोजक, लायन्स क्लब अफ धाइजन चारआलीका संस्थापक,न्यौपाने युवा समाज झापाका संस्थापक अध्यक्ष लगायतका विभिन्न संघसंस्थाहरुको नेतृत्व गरिसकेका छन् ।

त्यस्तै साधारणसभाको अवसरमा नयाँ सदस्यहरुलाई स्वागतसहित सपथ ग्रहण पनि गराइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *