Sajhamanch Archive

प्रधानमन्त्रीलाई योगेशको जवाफ, तपाईको स्तर थाहा भयो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि प्रचण्ड-नेपाल पक्षका योगेश भट्टराईले जवाफ फर्काएका छन् ।

उनले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओलीले कुर्सी पाएको बताएका हुन् ।

भट्टराईले लेखेका छन् : ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउँदा मलाई दुस्ख छैन । तपाईँको स्तर थाहा पाएँ खुशी लाग्यो ।’

हिजो प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई बैगुनी केटाको संज्ञा दिएका थिए। भट्टराइलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको बताए ।

ओलीले भनेका थिए -‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *