Sajhamanch Archive

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २० लाख १ हजार ७७३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *