जन्मदिनमा निश्चलले घोषणा गरे ‘जिन्दाबाद’
Published:
by .निर्देशक तथा अभिनेता निश्चल बस्नेत आइतवारबाट ४० वर्षका भएका छन् । पहिलो पटक फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका उनी श्रीमती स्वस्तिमा खड्का र निर्देशक हेमराज विसीसँग जन्मदिन मनाउन मकवानपुरको चित्लाङ पुगेका छन् ।
‘लुट’ बाट नेपाली फिल्मको धार नै परिवर्तन गरेका निर्देशक बस्नेतले यसपछि ‘टलकजंग भर्सेज टुल्के र लुट २’ निर्देशन गरेका थिए । पछिल्लो निर्देशित फिल्म ‘लुट २’ बाट आलोचना खेपेपछि चार वर्ष फिल्म निर्देशन नगरेका उनी यो समयमा फिल्म अभिनयमा व्यस्त भए । ‘दुई रुपैयाँ र प्रसाद’ मा मुख्य भूमिकामा अभिनय गरेका उनले केही गीतमा मोडलिङसँगै आवाज पनि भरेका छन् ।
अब चार वर्षपछि उनी फिल्म निर्देशनमा फर्किँदैछन् । आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमार्फत यस वर्ष फिल्म ‘जिन्दाबाद’ निर्देशन गर्ने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘जन्मदिनको शुभकामना निश्चल, राम्रो मान्छे बन्न सकुँ राम्रो फिल्म बनाउन सकुँ यही दिएँ आफैंलाइ शुभकामना ।
Comments