Sajhamanch Archive

प्रतिनिधिसभा विघटनको रिटमाथि आजको सुनुवाइ सकियो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजको सुनुवाइ सकिएको छ ।

संविधानविद् भीमार्जुन आचार्य र वरिष्ठ अधिवक्ता सुनीलकुमार पोख्रेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरेका थिए ।

दुवैले प्रतिनिधिसभाले प्रधानमन्त्री दिनसक्ने अवस्था रहेसम्म विघटन गर्न नपाउने भन्दै विघटन असंवैधानिक भएको जिकिर गरेका थिए ।

प्रधानमन्त्री संसद्‌मा नगएको र प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई असहयोग पनि नगरेको अवस्था रहेकाले संसद् विघटन असंवैधानिक भएकाले पुनस्स्थापना हुनुपर्नेमा उनीहरूको जोड थियो । भोलि फेरि सो मुद्दामा सुनुवाइ हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *