Sajhamanch Archive

प्रतिनिधिसभा विघटन मुद्दा : आज पनि सुनुवाइ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं .। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज पनि सुनुवाइ जारी रहने भएको छ ।

संवैधानिक इजलासमा बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथि नियमित सुनुवाइ हुन लागेको हो । हिजो रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि हिजोदेखि विषयवस्तुमा प्रवेश गरेर बहस शुरु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *