Sajhamanch Archive

नेपालमा पनि भेटियो बेलायतमा देखिएको नयाँ प्रकारको भाइरस

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । बेलायतबाट आएका तीन नेपाली नागरिकमा नयाँ ‘भेरियन्ट’भाइरस देखा परेको पुष्टि भएको छ ।

दुई पुरुषसहित ( उमेर ६७ र ३२) एक महिलामा (उमेर २८) उक्त भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आएका नागरिकको स्वास्थ्य परीक्षण गर्नलाई विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो ।

पाँच जनामध्ये तीन जनामा ‘भेरियन्ट’ भाइरस देखिएको हो। २८ वर्षीय महिला र ३२ वर्षीय पुरुषमा पिसिआर नेगेटिभ आएको छ । ६७ वर्षीय पुरुषमा पोजेटिभ देखिए पनि लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *