Sajhamanch Archive

कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार

Published: in अर्थतन्त्र, विश्व समाचार by .

एजेन्सी । कोरोना भाइरसको महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।

चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको व्यवस्थाका कारण अर्थव्यवस्थामा सकारात्मक प्रभाव परेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको जोखिम अहिले पनि उत्तिकै रहेकाले केही कलकारखाना तथा विकास निर्माणका काम ढिलो गतिमा भइरहेको बताइएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वका धेरै देशको अर्थतन्त्र खस्किएको अवस्थामा भाइरसको उद्गमस्थल मानिँदै आएको चीनको अर्थतन्त्र भने सुधारतर्फ गएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *