Sajhamanch Archive

ओलीलाई स्पष्टीकरणको पत्र बोकेर ‘तीन भाइ’ बालुवाटारमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र स्पष्टीकरण दिन पत्राचार गरेको छ ।

नेकपाको स्थायी कमिटी बैठकको निर्णयअनुसार ओलीलाई आज पत्र बुझाएको छ । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल पत्र बोकेर बालुवाटार पुगेका थिए ।

“पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने । तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए ।

                                                                                                                          बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *