Sajhamanch Archive

अष्ट्रेलियामाथि भारतको सानदार जित

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । ऋषभ पन्तको उत्कृष्ट ब्याटिङसँगै चौथो तथा अन्तिम टेष्ट खेलमा अष्ट्रेलियामाथि भारतले ३ विकेटको सानदार जित निकालेको छ । योसँगै चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको छ ।

जितका लागि ३ सय २८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाँचौं दिन ४ रनको अवस्थाबाट सुरु गरेको भारतले उत्कृष्ट ब्याटिङ गर्दै जित निकालेको हो ।

भारतको जितमा पन्त १ सय ३८ बलमा ८९ रनमा अविजित रहे ।  वासिन्टन सुन्दर २९ बलमा २२ रन बनाउँदै आउट भए ।

ओपनर सुभमन गिलले १ सय ४६ बलमा ९१ रनको योगदान दिए । चेतेश्वर पुजारा ५६, अजिक्या रहाने २४, रोहित शर्मा ७ र मयंक अग्रवाल ९ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ४ विकेट लिए । नाथन लायनको नाममा २ विकेट रह्यो ।

दोस्रो इनिङमा अष्ट्रेलिया २ सय ९४ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ७४ बलमा सर्वाधिक ५५ रनको योगदान दिए । डेभिड वार्नर ७५ बल खेल्दै ४८ रनमा आउट भएका थिए । मार्नस हरिस ३८, मार्नस लाबुसेन २५, क्यामरन ग्रिन ३७, टिम पेइन २७ र प्याट कमिन्सले २८ रनको योगदान दिए ।

भारतका मोहम्मद शिराजले १९.५ ओभरमा ५ मेडन सहित ७३ रन खर्चेर ५ विकेट लिए । शार्दुल ठाकुरले ४ र वासिन्टन सुन्दरले १ विकेट लिए ।

त्यसअघि भारत ३ सय ३६ रनमा अल आउट हुँदै पहिलो इनिङमा ३३ रनले पछि परेको थियो । भारतका तल्लोक्रममा तीव्र गतिका बलर शार्दुल ठाकुरले करिअरको उत्कृष्ट प्रर्दशन गर्नेक्रममा १ सय १५ बलमा सर्वाधिक ६७ रनको योगदान दिएका थिए ।

डेब्यू खेल खेलेका वासिन्टन सुन्दर १ सय ४४ बलमा ६२ रनको योगदान दिए । कमजोर प्रर्दशन गरेको भारतलाई वासिन्टन र शार्दुलले सातौं विकेटका लागि उत्कृष्ट शतकीय साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए ।

ओपनर रोहित शर्मा ४४, सुभमन गिल ७, चेतेश्वर पुजारा २५, अजिक्या रहाने ३७, मयंक अग्रवाल ३८ र ऋषभ पन्त २६ रनमा आउट भए । अष्ट्रेलियाका तीव्र गतिका बलर जोश हेजलवुडले सर्वाधिक ५ विकेट लिए । मिचेल स्टार्क र प्याट कमिन्सको नाममा २–२ विकेट रह्यो ।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलिया युवा ब्याट्सम्यान मार्नस लाबुसेनले २ सय ४ बलमा १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

कप्तान टिम पेईन ५०, क्यामरन ग्रिन ४७, म्याथ्यु वेड ४५, स्टिभ स्मिथ ३६ र नाथन लायन २४ रनमा आउट भए । मिचेल स्टार्क २० रनमा अविजित रहे । भारतका वासिन्टन सुन्दर, शार्दुल ठाकुर र टि नटराजनले ३–३ विकेट लिए ।

पहिलो टेष्टमा अष्ट्रेलिया र दोस्रोमा भारत समान ८ विकेटले विजयी भएका थिए । तेस्रो टेष्ट बराबरीमा सकिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *