Sajhamanch Archive

कोभिड आईसीयूमा कार्यरत चिकित्सक कुटिए

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डा. सविन भण्डारीमाथि कुटपिट भएको छ ।

कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले उनीमाथि हातपात गरेको शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले बताए ।

सो अस्पतालको आइसीयुमा ६२ वर्षीय एक बिरामीको उपचारकै क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सक भण्डारीलाई गालीगलौजका साथै हातपात गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *