Sajhamanch Archive

नवनिर्वाचित राष्ट्रपति बाइडेनले आज शपथ लिँदै

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले आजदेखि पदभार ग्रहण गर्दैछन् ।

नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथ-ग्रहण गरेपछि उनीहरुको कार्यकाल सुरु हुनेछ । यहि जनवरी ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् । अमेरिकी गुप्तचर निकायले सुरक्षाको नेतृत्व गरेको र हजारौँ प्रहरीलाई सहयोग गर्न न्यान्शल गार्डका झण्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *