Sajhamanch Archive

भारतले आयतमा रोक लगाएपछि, ठूला बंगुर फर्म बन्द

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

झापा । भारतले नेपालको बंगुर आयातमा रोक लगाएपछि पछिल्लो पाँचवर्षयता पूर्वीनाकाबाट हुने निर्यात हरेक वर्ष कम हुर्दै गएको छ ।

जस्का कारण ज्यादै ठूलो लगानीमा सञ्चालित झापाका दर्जनौं बंगुर फार्म बन्द भएका छन् । आफ्नै उत्पादन प्रोत्साहन गर्न भारतले नेपाली बंगुरको आयातमा रोक लगाएको छ ।

पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका अनुसार वितेको आर्थिक वर्ष २०७४। ०७५ को एकवर्षे अवधिमा काँकरभिट्टा नाका भएर १ हजार ३ सय ७७ वटा सुगुर बंगुर निर्यात भएका छन । अघिल्लो वर्ष २०७३÷०७४ मा ९ सय ६८ वटा मात्र निर्यात भएको निमित्त कार्यालय प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंले जानकारी दिए ।

नेपाली बंगुर भूटान जान रोक लगाएका कारण अहिले भुटानमा भारत उडिसाको बंगुरले बजार कब्जामा लिएको नेपाली व्यवसायीहरुको भनाई छ । भारत सरकारले स्थानीयलाई उन्नत जातको बंगुर उत्पादनमा प्रोत्साहित गरेका कारण पनि यो समस्या आएको व्यवसायी बताउँछन् ।

अािर्थक वर्ष २०७२। ०७३ मा ५ हजार ४ सय ३३ वटा निर्यात भएको तथ्याङ्क कार्यालयसँग छ । सवैभन्दा बढी अािर्थक वर्ष २०७१। ०७२ मा २० हजार ७ सय ९ वटा सुगुर बंगुर निर्यात भएका थिए । त्यसयता निर्यात ह्वात्तै घटेका कारण ठूलो लगानीमा बंगुरपानलन गरिरहेकाहरु निराश बनेका छन् । अािर्थक वर्ष २०७०। ०७१ मा ४ हजार ३ सय ३३ वटा सुगुर बंगुर निर्यात भएको कार्यालय प्रमुख सिहंको भनाई छ ।

नेपाली व्यवसायीका अनुसार पूर्वका झापा, मोरङ र सुनसरीमा मात्रै अढाइ सयभन्दा बढी व्यवसायिक बंगुरपालनका फार्म छन् । पूर्वमा सवैभन्दा बढी बंगुर व्यवसायी सुनसरीमा रहेका छन् । झापा दोस्रो र मोरङ तेस्रोमा पर्दछन् । सरकारले सञ्चालनमा रहेका फार्मलाई अनुदान दिने भएकाले बंगुर फार्म खोल्ने लहर चलेको थियो । व्यवसायीका अनुसार लामो समयदेखि नेपाली बंगुरको निर्यात ठप्प छ । भारत र भूटान निर्यात हुँदै आएको बंगुर निकासीमा रोक लागेपछि नेपाली उत्पादनले ५० प्रतिशतभन्दा ठूलो बजार गुमाएको छ ।

नेपाली व्यवसायीका अनुसार यहाँ उत्पादन गरेका बंगुरको मुख्य बजार नै भुटान र भारत थियो । झापामा दर्ता भई सञ्चालनमा रहेको ९० प्रतिशत फर्म बन्द भईसकेका छन् । अहिले धेरै व्यवसायी वैकल्पिक पेसातर्फ लागेका छन् । भापाको केर्खामा करोड लगानीमा कुलुङ बंगुर फार्म हाउस खोलेका सञ्जिव राईका अनुसार एक करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालन मा आएका केहीफार्म दुःख सुख सञ्चालनमा छन् ।

अन्य पशुको निर्यात भने उताव चढाव

नेपालमा उत्पदित बाख्राको भारतमा माग बढ्न थालेपछि निर्यात मा पनि भने केही तहसम्म बृद्धि भएको कार्यालयले जनाएको छ । वितेको आर्थिक वर्ष २०७४÷०७५ को एकवर्षे अवधिमा काँकरभिट्टा नाका भएर ४ हजार ५ सय ९५ वटा बाख्रा निर्यात भएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७३। ०७४ मा १ हजार २ सय ९२ वटामात्र निर्यात भएका थिए भने, आर्थिक वर्ष २०७२। ०७३ मा ८ सय ५ वटामात्र निर्यात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१।०७२ मा ६ हजार ३ सय २१ र आर्थिक वर्ष २०७०। ०७१ मा २० हजार ४ सय ९२ वटा निर्यात भएको प्रमुख सिहंले बताए ।

गोरुको निकासी समेत उताव चढाव छ । वितेको आर्थिक वर्ष २०७४।०७५ को एकवर्षे अवधिमा काँकरभिट्टा नाका भएर ८ हजार १ सय ६७ वटा गोरु निर्यात भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७३। ०७४ मा ७ हजार ६ सय १० वटामात्र निर्यात भएका थिए भने, आर्थिक वर्ष २०७२÷०७३ मा २० हजार २ सय १८ वटामात्र निर्यात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१। ०७२ मा ३४ हजार ४ सय ८० र आर्थिक वर्ष २०७०। ०७१ मा २९ हजार १ सय १० वटा निर्यात भएको प्रमुख सिहंको भनाई छ ।

रागाभैसीको निकासी पाँचवर्षको अवधिमा हरेक वर्ष घट्दो अवस्थामा छ । वितेको आर्थिक वर्ष २०७४÷०७५ को एकवर्षे अवधिमा यो नाका हुँदै ५ सय २९ वटा रागा भैसी निर्यात भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा ६ सय ३ वटामात्र निर्यात भएका थिए भने, आर्थिक वर्ष २०७२। ०७३ मा १ हजार २ सय ५५ वटा निर्यात भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१। ०७२ मा १ हजार ४ सय ३४ र आर्थिक वर्ष २०७०। ०७१ मा २ हजार ५ सय ३५ वटा निर्यात भएको कार्यालयले जनाएको छ ।

अछिल्ला दुईवर्ष अािर्थक वर्षसम्म शुन्य रहेको कुकुरको निर्यात पछिल्लो समयदेखि शुरु भएको छ । आर्थिक वर्ष २०७०। ०७१ सम्म काँकरभिट्टा नाका भएर कुकुरको निर्यात ठप्प थियो । तर, आर्थिक वर्ष २०७२। ०७३ देखि कुकुरको निर्यात शुरु भएको छ । २०७२। ०७३ मा२ सय ३२, २०७३÷०७४ मा १ सय ६४ र २०७४। ०७५ मा २ सय ६१ वटा कुकुर निर्यात भएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *