Sajhamanch Archive

संसद विघटन : बहस गर्न आधा घण्टा समय तोकियो

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । संसद विघटनका मुद्दामा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ ।

प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको इजलासमा बहसका लागि आधा घण्टाको समय निर्धारण गरिएको जानकारी दिएका हुन् ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डासाबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौं ।’

वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेर बहस सुरु गरे । बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ ।

यसअघि अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । एउटै अधिवक्ताले लामो समयसम्म बहस गर्दा संसद विघटनको मुद्दा फैसलामा ढिलाइ हुने चिन्ता व्यक्त गरिएको थियो ।

                                                                                                         अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *