Sajhamanch Archive

झापामा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गयो

Published: in विविधा by .

बिर्तामोड । ट्रिपरको ठक्करबाट आज विहान एक जनाको ज्यान गएको छ । चन्द्रगढी चारआली सडक खण्डमा ट्रिपरको ठक्करबाट १८ वर्षीया अन्सु शिवाकोटीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ टिपर नं. को ट्रिपरले ठक्कर दिई विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही दुर्घटनामा परी राहुल बस्नेतको घाइते भएका छन् । ट्रिपर र चालक भद्रपुर– ९ का सुमन ओझालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *