Sajhamanch Archive

पत्रकार माया पकुवाललाई केसीसी अवार्ड

Published: in राष्ट्रिय समाचार by .

झापा । भद्रपुरबाट प्रकाशन हुने बरुण साप्ताहिकका सम्पादक माया पकुवाल यो वर्षको केसीसी अवार्डबाट सम्मानित हुने भएकी छन् ।

काठमाडौंको कान्तिपुर सिटी कलेजद्वारा स्थापित केसीसी अवार्डको यस वर्षको संस्करणबाट उनी सम्मानित हुन लागेकी हुन् ।

लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध पकुवालले विगत १२ वर्षदेखि बरुण साप्ताहिको सम्पादन गर्दै आएकी छन् ।

कान्तिपुर सिटी कलेजका आमसञ्चार तथा पत्रकारिता विभागका कार्यक्रम संयोजक राजीव तिम्सिनाका अनुसार पत्रकार पकुवाललाई भदौ १० गते आइतबार कलेजको सभाहल पुतलीसडक काठमाडौंमा अवार्ड प्रदान गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *