Sajhamanch Archive

राष्ट्रिय सभाको नमुना बैठक बसेर संसद विघटनको विरोध

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा सडकमा राष्ट्रिय सभाको नमुना बैठक गरी बिरोध जनाइएको छ ।

नेपाल टिन लिडर्सको आयोजनामा बुधबार काठमाडौंमा राष्ट्रिय सभाको नमुना बैठक गरिएको हो ।

नमुना बैठकमा बोल्दै सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक र अराजनीतिक कदम भन्दै प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

सडकमा गरिएको नमुना राष्ट्रिय सभाको बैठकमा बोल्ने सहभागीहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक तथा अराजनीतिक क्रियाकलाप भन्दै यसलाई खारेज गर्नुपर्ने विचार राखेका थिए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनलाई खारेज गर्नुपर्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *