मौरीजन्य उत्पादन र मानव स्वास्थ्यमा प्रभाव विषयक छलफल
Published: (Updated: )
by .शिवसताक्षी । शिवसताक्षीको दूधे बुधबार मौरीजन्य उत्पादनबाट मानव स्वास्थ्यमा प्रभाव तथा महत्वबारे छलफल गरिएको छ ।
शिवसताक्षी ११ को सतासी महिला मौरीपालन सहकारी संस्थाको आयोजना तथा शिवसताक्षी नगरपालिकाको सहयोगमा कार्यक्रममा मौरीजन्य पदार्थबाट उत्पादन गरिएका पदार्थबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव र महत्वबारे छलफल भएको हो । छलफलको मौरीको अध्ययन अनुसन्धान गरिरहेका युटर्न नेपालका खगेन्द्र तिम्सिनाले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपालमा व्यवसायिक रुपमा मौरीपालन गरिएपनि मौरीले उत्पादन गरेका बहुमूल्य औषधीजन्य बस्तुलाई चिन्न नसकेका कारण पर्याप्त लाभ लिन नसकेको निष्कर्ष निकालेको थियो ।
छलफलमा मानव जीवनमा मौरीको भूमिका, मौरीको प्रकृतिसंगको सम्बन्ध र जीवनचक्र, महका अतिरिक्त बहुमूल्य बस्तुका रुपमा रहेको रोयल जेली (शाही खाना), चोप लगायतका विषयमा छलफल भएको थियो ।
सतासी महिला मौरीपालन सहकारी संस्थाका अध्यक्ष धनमाया थापाको अध्यक्षता तथा खगेन्द्र तिम्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा माइवेनी कृषि सहकारी संस्थाका अध्यक्ष रोहिता भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । सताक्षी मौरीपालन सहकारी संस्थाका व्यवस्थापक देवी दाहालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय मौरीपालक महिला दिदी–बहिनीको उपस्थिति रहेको थियो । हाल सो क्षेत्रका ३२० घरमा व्यवसायिक मौरी पालन हुँदै आएको छ ।
Comments