Sajhamanch Archive

सेनाको कल्याणकारी कोषमा ४१ अर्ब ३० करोड

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषमा ४१ अर्ब २९ करोड ८२ लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।

सेनाले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोषमा ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार नगद छ भने ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार लगानी छ । १४ परियोजनामा लगानी भैरहेको सेनाले जनाएको छ ।

सेनाको कल्याणकारी कोष २०३२ सालमा सुरु भएको हो । त्यतिबेला १ करोड २४ लाख १ हजार रुपैयाँ थियो । त्यसपतिका ४३ वर्षमा सेनाको कोषमा तीन लाख सेनाले बैंकमा जम्मा गरेको नगदबाट बर्सेनि ३ अर्ब २० करोड रुपियाँ ब्याज आउने गरेको छ ।

सेनाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स, युनाइटेड बैंक, सम्झना फाइनान्सलगायतमा राखेको २२ करोड रुपैयाँ ऋण उठाउन सकेको छैन भने राष्ट्रसंघीय मिसन सुडानका लागि कोषको रकमबाट खरिद भएका सामानको भुक्तानीबापत २२ करोड रुपैयाँ लिन बाँकी छ ।

‘सेनाले व्यापारका लागि नभएर बहाल र भूतपूर्व गरी करिब आठलाख सैनिकको हितका लागि परियोजना सञ्चालन गरेको सेनाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायकरथी रघु भण्डारीले बताउनुभयो ।

उहाँकाअनुसार सेनाले शिक्षा, स्वरोजगार, आवास सुविधा, आर्थिक राहत कार्यक्रम, लघुवित्त÷सुलभ घर कर्जा, क्रियाकर्म अनुदान, कल्याणकारी निवृत्तिभरण, स्वास्थ्योपचार सेवा र सुविधा, छात्रवृत्तिमा कोषको रकम खर्च गरेको छ ।
उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *