Sajhamanch Archive

भित्र प्रदेशसभा बैठक जारी, बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

विराटनगर । प्रदेशसभाको सातौं अधिवेशनको पहिलो दिन प्रदेशसभामा बैठक बसिरहँदा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्यार्थीले नाराबाजी गरेका छन् ।

संसद् विघटन गराउने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै बुधबार प्रदेशसभा बाहिर युवा विद्यार्थीहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत मागेका थिए ।

प्रदेशसभा भित्र र बाहिरसमेत खतराको सम्भावना रहेको भन्दै  बाहिरी परिसरमा प्रहरीको बाक्लो उपस्थिति थियो । तर पहिलो बैठक भने शान्तपूर्वक तीन मिनेट बसेर स्थगित भएको थियो।

सत्तारुढ नेकपाको विवादका कारण निलम्बन गरिएका १६ सांसदलाई प्रदेशसभामा प्रवेश नदिने योजनामा रहेको अ‍ोली समूहले अवरोध भने गरेको छैन । प्रदेशसभामा मुठभेडको स्थिति आउन सक्ने आकलन गर्दै मर्यादापालकको संख्या बढाइएको थियो ।

                                                                                                                          थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *