Sajhamanch Archive

बुधबारे जेसीजद्वारा विपन्न विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

Published: in विविधा by .

बुधबारे । बुधबारे जेसीजले बिहीबार बुद्धशान्ति गाउँपालिकाका १६ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।

आर्थिक रुपमा विपन्न वालबालिकालाई सहयोग गर्ने उद्देश्यले बुद्धशान्ति वडा नम्बर ५ र ६ का १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री, ज्याकेट, हातमा लगाउने पञ्जा तथा १५ जना विपन्न जेष्ठ नागरिकलाई जुत्ता वितरण गरिएको हो ।

गडिगाउँ माविमा भएको कार्यक्रम बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *