Sajhamanch Archive

हप्ता/१० दिनमा काेराेनाविरुद्धकाे खोप वितरण गरिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । भारतबाट आएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप हप्ता/१० दिनमा वितरण गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन् ।

भारतबाट आएको खोप हस्तान्तरण कार्यक्रममा उनले अबको हप्ता/१० दिनमा खोप वितरण गर्ने बताएका हुन् । उनले भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताए ।

उनले पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई खोप दिइने पनि बताए । खोप आज भारतको एअर इण्डियाको जहाजबाट काठमाडौं खोप ल्याइएको हो ।

कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *