Sajhamanch Archive

‘घिन्ताङ’मा एलिजासँग गौरवको जोडी

Published: in गीत/संगीत/मनोरञ्जन by .

नायिका तथा मोडल एलिजा गौतमले चलचित्र ‘घिन्ताङ’मा काम गर्दैछिन् । यो चलचित्रलाई दीपक श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । एलिजाले केही साता अगाडि मात्र यो चलचित्र साइन गरेकी थिइन् ।

अब, यो चलचित्रका लागि नायक पनि फाइनल भएका छन् । चलचित्रमा नायिका एलिजा गौतमको जोडी नायक गौरव पहारीसँग जोडिने पक्का भएको छ । यो चलचित्रलाई सामाजिक कथामा निर्माण गर्ने तयारी दिपकको छ । चलचित्रको वर्किङ टाइटल ‘घिन्ताङ’ राखिएको हो ।

एलिजाले चलचित्र ‘अनुराग’बाट यो क्षेत्रमा डेब्यू गरेकी थिइन् । दिपकले पनि नेपाली चलचित्र बजारमा हिट चलचित्र दिइसकेका छन् । नायिका गौतमले गौरवसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *