Sajhamanch Archive

प्रचण्ड–माधव पक्षले भन्‍यो : शुक्रबारको प्रदर्शन शान्तिपूर्ण हुन्छ

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर विरोध सभाको तयारी पूरा भएको जानकारी गराएको हो ।

संसद् विघटन विरुद्धको विरोध सभाको लागि सबै तयारी पुरा भएको केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले विरोध सभाको तयारी पूरा भएको जानकारी दिए ।

पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निस्किने उनले बताए ।

मुख्य जुलुस पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने उनले जनाए । ‘विरोध सभामा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुको सम्बोधन हुन्छ। विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुन्छ’, उनले भने ।

प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *