Sajhamanch Archive

सुनको भाउ तोलामा दुई सयले सस्तियो

Published: in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनको भाउ तोलामा दुई सय रुपैयाँले सस्तो बनेको छ ।

बिहीबार ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रवार ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको भाउ ९२ हजार ४ सय रुपैयाँ तोकेको छ । बिहीबार तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले सस्तिएको छ । बिहीबार १२ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँ कायम भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *