Sajhamanch Archive

बागमतीका मुख्‍यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेस

Published: in प्रदेश तह, राजनीति by .

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

प्रस्तावको पहिलो हस्ताक्षरकर्ता अरुण नेपालले आज बसेको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

नेकपा विभाजन भइसकेपछि प्रचण्ड–नेपाल पक्षका ४५ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । बागमती प्रदेशमा १ सय १० जना प्रदेशसभा सदस्य रहेका छन् ।

अविश्वासको प्रस्ताव पारित हुनका लागि ५६ जना सदस्यले पक्षमा मतदान गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रमुख विपक्षी नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण छ । कांग्रेसले अहिलेसम्म प्रस्तावको पक्ष विपक्षमा जानेबारे निर्णय गरिसकेको छैन । प्रदेशसभाको आगामी बैठक माघ १९ गतेका लागि बोलाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *