Sajhamanch Archive

पशु स्वास्थ्यसम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषिमन्त्रीको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । नेपाल पशुचिकित्सा परिषद्को नवनिर्वाचित नेतृत्वलाई पशु स्वास्थ्य सम्बन्धी जागरणमूखी अभियान सञ्चालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले आग्रह गरेकी छिन् ।

शुक्रबार मन्त्रालयमा नवनिर्वाचित नेतृत्वलाई शुभकामना तथा बधाइ दिंदै उनले पशु स्वास्थ्य सम्बन्धी जागरणमुखी अभियान सम्बन्धी कार्यक्रम बनाउन सुझाब दिइन् ।

पशु स्वास्थ्य प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएको विषय भएपनि नेपाली समाजमा पशु स्वास्थ्यलाई त्यति महत्व नदिने प्रवृत्ति रहेको प्रसंग जोड्दै उने अब पशु स्वास्थ्यको विषयलाई अभियानकै रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

‘मानव स्वास्थ्य पशुस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो । तर पशु स्वास्थ्यका सन्दर्भमा त्यति सचेत नहुने प्रवृत्ति हामीकहाँ हिजोदेखी नै रहिआएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अहिले विस्तारै पशु स्वास्थ्यप्रति सचेत हुने वातावरण बन्दैछ । तर गाउँमा अझैपनि त्यो वातारण बन्न बाँकी छ ।’

आफ्नो कार्यकाललाई नमूना बनाउनेतर्फ लाग्न आग्रह गर्दै उनले पशु चिकिस्ता क्षेत्रलाई अझ राम्रो र उत्कृष्ट बनाउनेतर्फ भूमिका निर्वाह गर्न आग्रह पनि गरिन् । व्यवसायिक रुपमा पशु चिकित्सा क्षेत्रमा लागेकाहरुको उन्नती, प्रगतीका निम्ति काम गर्न आग्रह गर्दै उनले व्यवसायिक क्षेत्रका चुनौती हटाउन नीतिगत सुधार गर्नका निम्ति के-के गर्ने भन्ने कुरामा ध्यान दिन सुझाइन् ।

                                                                                                                      अनलाइनखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *