Sajhamanch Archive

अझै तीन दिन मौसममा सुधार नआउने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । अझै तीन दिन देशभरको मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कुनै मौसमी प्रणालीको प्रभाव नरहे पनि पछिल्लो चार/पाँच दिनयता देशभर चिसो बढेको मौसमविद्ले बताएका छन् ।

केही दिनदेखि तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो थोरै मात्रै हटेको छ । आइतबारपछि मौसमी प्रणाली परिवर्तन हुने देखिए पनि तत्काल मौसम सफा हुने सम्भावना कम देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *