Sajhamanch Archive

सहिदको सालिक

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, साहित्य, by .

गरिब किसानले छोरो
उ देशलाई असाध्यै माया गर्थ्यो
एकदिन आमाले
बाहिर धेरै घुम्नु हुँदैन भन्दाभन्दै
उ हिड्यो घरबाट
त्यतिखेर देश युद्धमा थियो
नारा जुलुस , आन्दोलनको समय थियो
त्यही आन्दोलनमा पर्यो
छातीमा गोलि लाग्यो
र, सदादत प्राप्त गर्यो
त्यसपछि सरकारले सहिद घोषणा गर्यो

आज यही
माटोलाई छोएर कसम खान्छु
यो इतिहासलाई साक्षी राखेर भन्छु
अहिलेसम्म पनि सहिदको सपना
पुरा भएको छैन
उ गरिब किसानको छोरो
लोकतन्त्र प्राप्त गर्नको निमित्त
देशमा शान्ति र समृद्धिको लागि
लड्दा लड्दै देशलाई बलिदान दियो
आज उसकै सम्झनामा
एउटा सालिक बनेको छ

उ जतिखेर पनि हाँसीरहेको देखिन्छ
जिस्काइरहन्छ मन्त्री, सांसद र देश बनाउने
आजको नवजवान देखेर
आज त्यही सालिक छेउमा बसेको छु
र त्यसले भनिरहेको छ
लेख कविज्यु लेख
मेरो बारेमा एउटा कविता
मेरो अगाडि एउटा सहिदको सालिक छ
जो मलाई देखेर हाँसीरहेको छ ।।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *