Sajhamanch Archive

थप २३२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *