Sajhamanch Archive

‘नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्दै आएको वृहत नागरिक आन्दोलनले आज पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

लोकतन्त्रलाई समाप्त पार्नेगरी संसद विघटन भएको र यो निर्णय सच्याउनुपर्ने मागसहित विभिन्न अभियन्ताहरु प्रदर्शनमा सहभागी भएका छन् । लेखक तथा विश्लेषक नारायण वाग्ले, चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी, लेखक युग पाठकसहितका अभियन्ताले माइतीघरको सडकमा बसेर प्रदर्शन गरेका हुन् ।

उनीहरुले संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि वृहत नागरिक आन्दोलन बनाएर अभियन्ताहरुले विरोध गर्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *