Sajhamanch Archive

वीरता जेसीजको ४० औं पद हस्तान्तरणमा सञ्चारकर्मीसहित ६ जना सम्मानित

Published: (Updated: ) in विविधा by .

बिर्तामोड । वीरता जेसीज बिर्तामोडको ४० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलको गलामा रहेको जेसीज अध्यक्षीय चेन र पिन वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुद्वारा वीरता जेसीजको ४० औं अधिवेशन तथा शाखा अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका सन् २०२१ का अध्यक्ष राजिव धिमालको गलामा पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।

वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत विशाल थापाले सन् २०२१ का अध्यक्ष राजिव धिमालसहित नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गरेका थिए ।

सन् २०२१ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष धिमालले महासचिवमा लोकचन्द्र श्रेष्ठ (एलसी) ,कानूनी सल्लाहकारमा प्रविण खड्का, कोषाध्यक्षमा दिवाकर प्रसाईं, सह कोषाध्यक्षमा पुकार बराललाई मनोनित गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत विशाल थापाले सन् २०२१ का अध्यक्ष राजिव धिमाललाई शपथ ग्रहण गराएका थिए भने सन् २०२१ का अध्यक्ष धिमालले निर्वाचित तथा मनोनयन भएका पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष थापालाई भूतपूर्व अध्यक्ष क्लवमा पदस्थापन गरिएको थियो भने सन् २०२० का अध्यक्ष मिजाश पोखरेललाई निवर्तमान अध्यक्षमा पदस्थापन गरिएको थियो ।

यसैबीच पदहस्तान्तण समारोहमा दुई पत्रकार सहित ६ जनालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा आमसंचार डटकमका समाचार प्रमुख, नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसी प्रसाद निरौला, जेसी कुशल खतिवडा, वीरता जेसीज पूर्व अध्यक्ष सजेश शिवाकोटी, डा। गोविन्द कँडेल र पब्लिक रिलेसन अफिसर बमबहादुर बस्नेतलाई सम्मान गरिएको थियोे । शनिबार विर्तामोडमा आयोजित पदहस्तान्तण समारोहका बिच उनिहरुलाई सम्मान गरिएको हो ।

वीरता जेसीजका पूर्व अध्यक्ष अग्रज पत्रकार मदन ढकालको स्मृतिमा स्थापित ‘मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट पत्रकार पाण्डेलाई सम्मान गरिएको हो । पुरस्कारका संस्थापक सावित्रा ढकाल , झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले पत्रकार पाण्डेलाई नगद १५ हजार र सम्मान पत्र प्रदान गरेका थिए ।

त्यसैगरी वीरता जेसीजका मानार्थ सदस्य बशन्त रिमालले आफ्नी आमा दमयन्ता रिमालको स्मृतिमा स्थापना गरेको दमयन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज सम्मान द्वारा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र जेसी कुशल खतिवडालाई प्रदान गरिएको छ ।

उनिहरुलाई जनही पाँच हजार एक सय रुपैयाँको उक्त पुरस्कार र सम्मान पत्र पुरस्कारका संस्थापक बशन्त रिमाल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना , वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले उपसम्पादक निरौलालाई प्रदान गरेका थिए । गतवर्षको सोही पुरस्कार कानुनी सल्लाहकार कुशल खतिवडालाई प्रदान गरिएको थियो ।
त्यस्तै वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीलाई दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार प्रदान गरिएको थियो ।

१५ हजार रुपैयाँ र सम्मान पत्र पुरस्कार संस्थापक रेखा शर्मा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले शिवाकोटीलाई प्रदान गरेका थिए ।

त्यस्तै कोभिडको समयमा स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै मेची प्रादेशिक अस्पताल भद्रपुरका वरिष्ठ जनरल फिजिसियन डा गोविन्द कँडेल, पूर्णटुङ्ग बिर्तासिटी हस्पिटलका बिर्तामोडका पब्लिक रिलेसन अफिसर बमबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *