Sajhamanch Archive

भारतको उत्तराखण्डमा १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्दै

Published: in विश्व समाचार by .

एजेन्सी । भारतको उत्तराखण्डमा राज्यमा १९ वर्षीया किशोरीलाई मुख्यमन्त्री बनाइँदैछ। राष्ट्रिय बालिका दिवसका अवसरमा उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।

राज्यको हरिद्वार जिल्लास्थित दौलतपुर गाउँकी सृष्टि गोस्वामी एक दिनका लागि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेकी हुन् ‌।

उत्तराखण्ड बाल संरक्षण आयोगकी अध्यक्ष उषा नेगीले जानकारी दिएअनुसार गोस्वामी आज (आइतबार) एक दिनका लागि मुख्यमन्त्री नियुक्त हुनेछिन्‌ ।

​मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि गोस्वामीलाई सरकारी अधिकारीहरूले आफ्नो कामबारे रिपोर्टिङ गर्ने र त्यसमाथि सृष्टिले जवाफ दिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *