वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई
Published: (Updated: )
by .काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।
काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग आज बिवाह गरेका हुन् ।
मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री राईले ४९ वर्षको उमेरमा विवाह गरेका हुन् भने बेहुली जाङमु शेर्पा २३ वर्षीया हुन् ।
उनीहरुको परम्परागत तरिकाले विवाह भएको हो ।
Comments