कमल गाउँपालिकामा निःशुल्क आयुर्वेद शिविर
Published:
by .कमल । झापाको कमल गाउँपालिकामा निशुल्क आयुर्वेदिक शिविर सम्पन्न भएको छ ।
कमल गाउँपालिकाको आयोजनामा वडा नम्वर ६ स्थित गेउरियामा बजारमा सम्पन्न शिविरमा ६३ जनाले सेवा लिएका कमल गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत ईन्द्र अर्यालले जानकारी दिए ।
शिविरमा नसर्ने रोग सुगर, प्रेसर, ग्याष्टिक, छालाको एलर्जी लगायतका विरामी बढीमात्रा आएका गाउँपालिकाले जनाएको छ । उनीहरुलाई स्वस्थ्य परिक्षण पछि निशुल्क औषधी वितरण गरिएको थियो ।
शिविर प्रत्येक महिनाको १० र २५ गते नियमित रुपमा संचालन हुने स्वास्थ्य शाखाका अधिकृत अर्यालले जानकारी दिए ।
Comments