Sajhamanch Archive

प्रियंका भन्छिन् : ‘हलिउडमा म जस्तोलाई अवसर सीमित छ’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

अभिनेत्री प्रियंका चोपडाले हलिउडमा समेत आफ्नो बलियो उपस्थिति जनाइसकेकी छन् । तर, हलिउडको यात्रा उनका लागि सहज थिएन । हलिउडमा प्रवेश गरेको समयमा त्यहाँ आफूले पर्याप्त अवसर नपाएको उनी बताउँछन् । उनी अब निर्माता बनिसकेकी छन् । निर्माताको रूपमा उनी दक्षिण एशियालीको लागि आफ्नो कथामार्फत सामान्य चीजहरू बनाउन चाहन्छिन् ।

उनी भन्छिन्, ‘मैले आफूलाई एकै ठाउँमा कहिल्यै सीमित राखिनँ । म जुन कुरा महशुस गर्छु, त्यसलाई पूरा गरेर छाड्ने विश्वास राख्छु । म मिंडी क्यालिङ (अमेरिकी अभिनेत्री) सँग कमेडी गर्दैछु, जुन हलिउडमा बनेका केही रोमान्टिक कमेडी फिल्ममध्ये एक हुनेछ, जसमा सबै कलाकार दक्षिण एसियाली हुनेछन् । यो मेरो लागि निकै रोमान्चक छ । मलाई यो कुरा चाहिएको थियो ।’

उनी अगाडि भन्छिन्, ‘जब मैले हलिउडमा काम गर्न सुरु गरेँ, तब कसैले मेरो बाटो बनाएको थिएन । हलिउडमा दक्षिण एशियाली वा म जस्तो देखिने व्यक्तिलाई अवसर निकै सीमित छ । म एक यस्तो निर्माता बन्न चाहन्थे, जसले यस्तो अवसर प्रदान गरोस् ।’ प्रियंकाले हालै हलिउड फिल्म ‘टेक्स्ट फर यू’ को छायांकन पूरा गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *